चाँगुमा बाघको आक्रमणबाट बालिका घाइते
बैशाख ८, २०८१, शनिबार | दिउँसो ०१:०२ बजे | 30
भक्तपुर । शनिबार १५ः४५ बजेको समयमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदमा बाघको आक्रमणबाट एकजना बालिका घाइते भएकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे घर भई हाल सोही स्थानको मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत घाइते भएकी हुन् । प्रहरीका अनुसार घर नजिकैको कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडीमा चितुवाले चिथोरी घाइते भएको अवस्थामा बालिकालाई फेला पारिएको थियो । चाँगुनारायण नगर अस्पताल लगेकोमा थप उपचारको लागि टेकु अस्पताल काठमाडौं रिफर भएको ई उपचार भइरहेको प्रहरीले जनाएको छ ।