भक्तपुरमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु


कार्तिक १५, २०७७, शनिबार | विहान १०:५५ बजे | 0


भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ८ दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँंदा शनिबार एकजनाको मृत्यु भएको छ । खेत जोत्ने हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउदा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटना हुँदा ट्याक्टर चालक भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ८ दार्जिलिङ हाईट बस्ने बर्ष ५० को कृष्णराम सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । चालक सुवाल सोही ट्याक्टर सहित पल्टदै जाँदा सोही ट्याक्टरको फाली (जोत्ने भाग) ले घाँटी लगायतको भागमा गम्भीर चोट लागेको देखिएको परिसरका सूचना अधिकृत दीपक गिरील जनाए । घाइते सुवाललाई उपचारको लागी मध्यपुर अस्पतालमा पु¥याई उपचार हुँदाहुदै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments