२१ वर्षीया युवतीसँंग सुतेका पुरुष साथीको मृत्यु
बैशाख १, २०८१, शनिबार | विहान ०३:४० बजे | 15
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरास्थित श्रीराम धौबन्जराको ४ तल्ले पक्की घरको दोस्रो तल्लामा डेरा गरी बस्दै आएकी डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. १ घर भएकी वर्ष २१ की कल्पना ऐरको डेरामा १ हप्तादेखि संगै बस्दै आएका निजको साथी कैलाली गोदावरी नगरपालिका वडा नं. २ घर भएको वर्ष २६ को बिनोद दियाल खाना खाई सुतेकोमा भोलिपल्ट विहान ६ बजेको समयमा अचेत अबस्थामा फेला पर्न गएको हुदाँ तत्कालै उपचारको लागि मध्यपुर ठिमी अस्पताल लैजाने क्रममा उनको बाटो मै मृत्यु भएको छ । लाश पोष्टमार्टमको लागि के.एम.सी.दुवाकोट लगेको प्रहरीले जनाएको छ । घटनास्थालमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरीएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए ।