महेश बस्नेतविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी


चैत २५, २०८०, आइतबार | दिउँसो १२:४४ बजे | 40


महेश बस्नेतविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी

नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ।

उनीविरुद्ध फौजदारी कसुरमा हुलाक मार्फत उजुरी आएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। पूर्वमन्त्री बस्नेतमाथि एक महिलाले १५ दिनको भ्रूण हत्या गराएको आरोप लगाइएको स्रोतको दाबी छ।

परिसर प्रमुख खत्रीले हुलाकबाट उजुरी आएकाले त्यसबारेमा अनुसन्धान भइरहेको बताए।

Comments