त्रिसुलडाँंडाको होटलबाट २० जना पक्राउ (जुवाडेहरुको नामावलीसहित)
चैत २०, २०८०, मङ्गलबार | विहान १०:३२ बजे | 30
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ त्रिशुलडाँडाबाट सोही स्थान बस्ने जीबन बनको ३ तल्ले घर भाडामा लिई रेलकुमार तामाङले संचालन गरेको रुद्राक्ष होटलको पहिलो तल्लामा जुवातास खेलिरहेका २० जनालाई सोमबार राति नौ बजे प्रहरीले पक्राउ गरेको छ । प्राप्त गोप्य सूचनाको आधारमा तत्काल जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटिई गई उक्त होटलमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित नगद रू ६ लाख सात हजार, पाँच सय रुपैयाँं, ६ बुक तास र होटल संचालक पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी जुवा सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी राजन कार्कीले बताए ।
निम्न ः–
१. होटल संचालक जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ बस्ने वर्ष ४१ को रेल कुमार तामाङ ।
२. जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. १० बस्ने वर्ष ४४ को दिपेन्द्र थापा ।
३. जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा. ५ बस्ने वर्ष ३१ को बिध्या सागर ढकाल ।
४. ऐ.ऐ.बस्ने वर्ष ४० को सागर नाकलानी ।
५. जिल्ला मकवानपुर कैलाश गा.पा. ६ बस्ने वर्ष ३१ को राजु मोक्तान ।
६. जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा. ५ बस्ने वर्ष ४० को राजु लामा ।
७. जिल्ला काभ्रेपलान्चोक पनौती न.पा.३ बस्ने वर्ष ४९ को कैलाश तिमिल्सिना ।
८. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ५ बस्ने वर्ष ६६ को मन ब.थापा ।
९. जिल्ला भक्तपुर, भक्तपुर न.पा. २ बस्ने वर्ष ३० को सुमन कासुला ।
१०. जिल्ला काठमाण्डौ शंकरापुर न.पा. ९ बस्ने वर्ष ५८ को मणिराम थापा ।
११. जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा.६ बस्ने वर्ष ४२ को अर्जुन तामाङ ।
१२. जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. ५ बस्ने वर्ष ३२ को रबिन थापा ।
१३. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ बस्ने वर्ष ४४ को रामेश्वर गौतम ।
१४. जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा. ६ बस्ने वर्ष ३४ को राम कुमार नेपाल ।
१५. जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा.८ बस्ने वर्ष ४४ को अनिल कुमार मुख्याजु ।
१६. जिल्ला रामेछाप लिखु तामाकोसी गा.पा. ६ बस्ने वर्ष २८ को राम ब.तामाङ ।
१७. जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ बस्ने वर्ष ४२ को छैकु तामाङ ।
१८. जिल्ला काभ्रेपलान्चोक नबोबुद्ध न.पा. ८ बस्ने वर्ष ३५ को प्रेम श्रेष्ठ ।
१९. जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा. ६ बस्ने वर्ष ४० को राम कुमार अधिकारी ।
२०. जिल्ला काभ्रेपलान्चोक बनेपा न.पा. ९ बस्ने वर्ष ३४ को महेश शाक्य ।