श्रीमती र छोरी अमेरिका, छोरा अष्ट्र«ेलिया, वुढो श्रीमान् एक्लै भक्तपुरमा मृत्यु

चैत १९, २०८०, सोमबार | दिउँसो ०२:३९ बजे | 50

श्रीमती र छोरी अमेरिका, छोरा अष्ट्र«ेलिया, वुढो श्रीमान् एक्लै भक्तपुरमा मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठाघरमा एक्लै बस्दै आएका एकजना बृद्धको मृत्यु भएको छ । गठाघर सागबारीस्थित आफनै साढे दुईतल्ले घरको माथिल्लो तल्लामा कोठामा एक्लै वस्दै आएका वर्ष ६७ का हरिप्रसाद अर्यालयको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । अचेत अवस्थामा वेडमा सुतिरहेको छ भन्ने खवर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी बृत ठिमी भक्तपुरबाट प्रहरी हवल्दारको कमाण्डमा दुईजनाको प्रहरी टोली खटिई गई उपचारको लागि नजिकैको नागरिक अस्पताल भक्तपुर पुराइएको परिसका सूचना अधिकारी राजन कार्कीले जनाए । उपचारकै क्रममा उनको मृत्यु भएको उनले जनाए । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

श्रीमती र छोरी अमेरिका, छोरा अष्ट्र«ेलिया, वुढो श्रीमान् एक्लै भक्तपुरमा मृत्यु
श्रीमती र छोरी अमेरिका, छोरा अष्ट्र«ेलिया, वुढो श्रीमान् एक्लै भक्तपुरमा मृत्यु

Comments