इन्जिनियर राजदास मृत्यु प्रकरण ः यस्तो रहेछ घटना
चैत १५, २०८०, बिहीबार | दिउँसो ०३:१४ बजे | 55
काठमाडौं । चैत ६ गतेको दिन थियो, त्यो दिन महानगरीय प्रहरी प्रभाग साँखु काठमाडौंलाई जानकारी आयो कि साँंखुका चर्चित इन्जिनियर राजदास श्रेष्ठ विष सेवनबाट अस्पताल भर्ना हुनुभएको विषय । त्यसपछि प्रभागको टोली परिवारलाई लिएर घटनास्थलको घरमा पुग्यो ।
त्यतिबेला इन्जिनियर राजदासलाई अस्पताल पुयाइसकेको थियो । त्यसपछि प्रभागको टोली घटनास्थलमा परिवारसहित गएको थियो । घटनास्थलमा रहेका सवै विषयवस्तुलाई केलाइयो । प्रमाणहरु सुरक्षित राखियो ।
प्रहरी श्रोतले जनाए अनुसार त्यहाँं उनले विषय सेवन गरेको पाइयो । साथै सुसाइट नोट पनि भेटियो । सुसाइट नोटमा आफूले विष सेवन गरेर मृत्युवरण गरेको उल्लेख भएको प्रहरीले बतायो ।
विष सेवन गरेर मृत्यु भएको हो वा अन्य कुनै कारणले त्यसको अन्तिम परिणाम त पोष्टमार्टमको रिपोर्टलगायतका अन्तिम अनुसन्धानले टुंगो लाग्ला, प्रहरी श्रोतले भन्यो, प्रारम्भिक अनुसन्धान अनुसार विष सेवन गरेको देखियो ।
इन्जिनियर राजदासको विहीबार निधन भएको थियो । उनको विहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनी नेपालकै चर्चित इन्जिनियर हुन् ।