इन्जिनियर राजदास श्रेष्ठको रहस्यमय मृत्यु
चैत १५, २०८०, बिहीबार | विहान ११:३३ बजे | 35
भक्तपुर । विहीबार पत्याउनै नसकिने दुःखद खबर सार्वजनिक भएको छ । देशकै चर्चित इन्जिनियर राजदास श्रेष्ठले आत्महत्या गरेको खवर सार्वजनिक भएको हो । देशकै पहिलो बरिष्ठ केमिकल इन्जिनियर तथा बौद्धिक ब्याक्तित्व उनले आत्महत्या (पोइजन सेवन गरी) गरेको खवर बाहिर आएको हो । उनको अस्पतालमा उपचार गर्दागर्दै निधन भएको खबर आएको हो ।
उनी जस्तो बौद्धिक व्यक्तिले कसरी आत्महत्या गरे ? भनेर सर्वत्र चर्चाको विषय बनेको छ । पहिलो केमिकल इन्जिनियर जसले नेपालमा मात्र होइन रुस, अमेरिका जस्ता देशमा पनि उत्कृष्ट सेवा गर्ने, समाजसेबी थिए उनी । देश र समुदायको जहिले नि हितमा काम गर्ने, परिवर्तनका सम्बाहक उनको आत्महत्या रहस्यमय रहेको चर्चा छ । उनी काठमाडौंका साँंखुबासी थिए । उनले आफनो लामो अनुभब भक्तपुरबाट प्रकाशित हुँंदै आएको मजदुर पत्रिकामा चरणबद्ध रुपमा प्रकाशित भएको थियो ।