आगोले पोलेर घाइते भक्तपुरकी सन्जुको मृत्यु


चैत १४, २०८०, बुधबार | दिउँसो ०१:३२ बजे | 45


आगोले पोलेर घाइते भक्तपुरकी सन्जुको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोल दहगाँउमा बस्ने वर्ष ४७ की सन्जु रानामगर आफ्नै घरको भान्छाकोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा आगोले पोली मृत्यु भएको छ । दुर्घटनापछि घाइते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेपलान्चोक लगिएकोमा थप उपचारको लागि राति आठ बजेको समयमा कीर्तिपुर बर्न अस्पताल रिफर भएकोमा उपचारकै क्रममा बुधबार विहान राढे चार बजे समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटना मंगलबार पाँंच बजे भएको थियो । 

Comments