नगरकोटबाट फर्कदै गरेको बस दुर्घटना ः झण्डै एक दर्जन घाइते
चैत ११, २०८०, आइतबार | दिउँसो ०२:२५ बजे | 30
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका कलमसी नजिक आइतबार दुर्घटना भएको छ । चाँंगुनारायण नगरपालिका वडा न.८ झाप्रो सहरी स्वास्थ केन्द्र नजिक बस दुर्घटना भएको हो ।
नगरकोटबाट भक्तपुर फर्कदै गर्दा बस दुर्घटनामा परेको जनाइएको हो । बस सडकबाट केही तल खसेको छ ।
बसमा रहेकामध्ये १०–१२ जना घाइते भएको जनाइएको छ । घाइतेहरुलाई अस्पताल लगिएको स्थानीयले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँंकी नै छ ।
तस्वीर ः फेसबुकबाट