सल्लाघारीमा दुर्घटना ः मोटरसाइकल पछाडि बस्नेको मृत्यु
फाल्गुन २७, २०८०, आइतबार | विहान ०५:५६ बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प. ३३१३ नं. को मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार गर्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. ७ धनेश्वर बस्ने वर्ष ४० को मणिराज घिमिरेको मृत्यु भएको छ । दुर्घटनापछि गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका वडा नं. ४ घर भई हाल काभ्रेपलान्चोक जोरपाटी बस्ने वर्ष ३७ को बिनोदप्रसाद घिमिरेलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।