झौखेलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


फाल्गुन २५, २०८०, शुक्रबार | विहान ०५:२९ बजे | 20


झौखेलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

झौखेल । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल पिपलबोट नजिकै बस्ने मनोजकुमार बुढाथोकीको घरमा डेराकोठा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका बर्ष २५ को सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष २१ की पवित्रा राईलाई कुटपिट गर्दा गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । मृतकको लाश पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा राखिएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । घटनामा संलग्न सन्तोष भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Comments