च्याम्हासिंहमा दुर्घटना ः लिवालिका प्रजापतिको मृत्यु ः च्याम्हासिंहकै राजन पक्राउ


फाल्गुन २४, २०८०, बिहीबार | विहान ११:१२ बजे | 5


च्याम्हासिंहमा दुर्घटना ः लिवालिका प्रजापतिको मृत्यु ः च्याम्हासिंहकै राजन पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह चोकमा भएको दुर्घटनामा परी घायते भएका एकजनाको बिहीबार मृत्यु भएको छ । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख. ६४०६ नं. को बसले पैदल यात्री लिवाली बस्ने वर्ष ८५ को विष्णुभक्त प्रजापतिलाई ठक्कर दिदाँ गम्भिर घाइते भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइत भएपछि उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेकोमा थप उपचारको लागि वि. एण्ड. वि. अस्पताल रिफर भएको थियो । उपचारकै क्रममा उनको मृत्यू भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । ठक्कर दिने बस र चालक काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ७ दाप्चा घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष २३ को राजन श्रेष्ठलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । दुर्घटना भने फागुन २२ गते दिउँंसो पौने ११ बजे भएको थियो । 

Comments