भक्तपुरका डीएसपीविरुद्ध पत्रकार सम्मेलन (पीडितको फोटोसहित)
फाल्गुन २२, २०८०, मङ्गलबार | विहान ०६:०३ बजे | 45
भक्तपुर । भक्तपुरका नगरकोटबासीहरुले जिल्ला प्रहरी कार्यालय भक्तपुरका एकजना डीएसपीले कुटपिट गरेको भन्दै त्यसविरुद्ध पत्रकार सम्मेलन गरेका छन् । पीडितहरुले मंगलबार राष्टिय सञ्चार केन्द्र नेपाल गठाघर भक्तपुरको कार्यालयमा डीएसपी बसन्त पाठकले दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा पीडित नगरकोटबासी कृष्णबहादुर तामांगले परिसरका डिएसपी पाठकले उनकै कोठामा आफूमाथि लछारपछार गरेको आरोप लगाए । डिएपी पाठकले उनको कोठाबाट घचेटेर बाहिर पठाएको र कोठा बाहिरबाट पनि पुनः बाहिर तानेर घचेटेर आफूलाई बाहिर निकालेर दुव्र्यवहार गरेको आरोप लगाए ।
उनका अनुसार उनी एउटा घटनाको विषयमा वुझन गएका थिए । उनी नगरकोटका छिमेकी विनोद तामांगको पुलिस रिपोर्ट नमिलेको विषयमा बुझन गएका थिए । मैले आफनो कुरा एक मिनेट के राखेका थिए, उहाँं जंगिएर मलाई बाहिर निकालिदिनुभयो, पत्रकार सम्मेलनमा उनले भने, के कारण रिसाएर त्यसो गरेको हो हामीले बुझनै सकेनौ ।
उनका अनुसार उनीहरु दुईजना त्यहाँं पुगेका थिए । तीमध्ये आफूमाथि दुव्र्यवहार भएको उनले जनाए । घटनास्थलमा सहभागी दिनेश गुरुगले आफूमाथि भने दुव्र्यवहार नगरेको बताए ।
पत्रकार सम्मेलनमा उनीहरुले कारबाही भन्दा पनि अवका दिनमा त्यस्तो नहोस् सर्वसाधारण जनतामाथि भने ध्येयले पत्रकार सम्मेलन गरेको बताए । सामान्य मानिस कामका क्रममा प्रहरी कार्यालय जाँंदा त्यस्तो नहोस् भन्ने उद्देश्यले पत्रकार सम्मेलन गरेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा सरोकारवाला व्यक्ति विनोद तामांग पनि सहभगी थिए । कार्यक्रममा नगरकोट नाल्मुद पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुगसहित दर्जनौं नगरकोटबासी सहभागी थिए ।
क्याप्सन
माथिको तस्वीर पत्रकार सम्मेलनको –दुव्र्यवहारमा परेका भनिएका मञ्चमा रहेका चारजनामध्ये तेश्रौ नम्वरमा कालो कोट लगाएका कृष्णबहादुर तामांग, घटनामा संलग्न रहेका अर्का दिनेश गुरुग रातो लुगामा र तल तस्वीर सरोकारवाला विनोद तामांग हुन् ।
फाेटाेमा हेर्नुहाेस्...