सिटिइभिटीका उपाध्यक्षमाथि अभद्र व्यवहार गर्नेहरु पक्राउ
फाल्गुन २०, २०८०, आइतबार | विहान ०८:०९ बजे | 30
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् केन्द्रिय कार्यालय सानोठिमी भक्तपुरका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको कार्यकक्षमा अखिल क्रान्तिकारी (वैद्य समूह) बताउने विद्यार्थीहरुको समूहले भेटघाट गर्ने भनेर पसी अभद्र व्यवहार गरेको र कालो मोसो दल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका गट्ठाघरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी वृत ठिमी भक्तपुबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । घटना फागुन ६ गते दिउँंसो पौने १२ बजे भएको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
पक्राउ परेकाहरु
१) जिल्ला अछाम कमलबजार नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाडौं कलंकि बस्ने बर्ष ३० को डम्बर बहादुर शाही भन्ने डी.बि. शाही ।
२) जिल्ला दार्चुला मार्मा गाँउपालिका वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बस्ने बर्ष ३० को नवराज भट्ट ।