निजी जीवनकोबारेमा युट्युबमा राख्ने शर्मिला वाइबा पक्राउ
फाल्गुन १६, २०८०, बुधबार | दिउँसो ०१:०९ बजे | 25
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै अरूको निजी जीवनको बारेमा युट्युबमा राख्ने शर्मिला वाइबा पक्राउ परेकी छिन् । काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर सिन्धुपाल्चोक पुगेकी उनी त्यहीबाट पक्राउ परेकी हुन् । ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा प्रहरीले बुधबार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन् । त्यसपछि शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेका थिए । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको आरोप छ । सो भिडिओ देखाएर शर्मिलाले २५ लाख रुपैयाँ बार्गेनिङ गरेको म्याकुरीले आरोप लगाएका थिए । शर्मिलामाथि सीसीटीभी फुटेज दूरुपयोग गरेको समेत आरोप छ । अनुसन्धानको क्रममा सम्बन्धित अधिकारीले बाहेक अरूले सीसीटीभीको गोप्य फुटेज हेर्न, सार्वजनिक गर्न पाइँदैन ।तर, शर्मिलाले पवनको भिडिओ युट्युबबाट सार्वजनिक गरेकी थिइन् ।