दिउँंसै स्कुटर चोरी ः १२ वर्षका बालक पक्राउ
फाल्गुन १५, २०८०, मङ्गलबार | विहान ०४:५१ बजे | 40
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालका वडा नं. ७ स्थित चारदोबाटो चोकबाट दिनको तीन बजेको समयमा पार्किङ गरेको स्थानबाट चोरी भएको बा.प्र.०२–० २५प ५५९५ नं. को रातो रङ्गको होण्डा स्कुटर चोर पक्राउ परेका छन् । हराएको सुचना प्रहरीमा प्राप्त हुनासाथ सो क्षेत्र आसपासका सि.सि. क्यामेराको फुटेजको सुक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात उक्त स्कुटर चोरी गरी लाने ब्यक्तिको पहिचान गरी खोजतलास गर्ने सन्दर्भमा पक्राउ गरेको प्रहरीले जनाएको छ । धादिङ थाक्रे गाउँपालिका वडा नं. ६ महादेववेशीबाट धादिङ प्रहरीसंगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न चोरलाई पक्राउ गरेको हो । स्कुटर चोरी गर्ने ब्यक्ति सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने बर्ष १२ को बिष्णु भट्टराईलाई पक्राउ गरेको हो । चोरीको स्कुटर समेत बरामद गरी चोरी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन ५ (पाँच) को म्यादथप अनुमति भई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।