चोरी गरी भाग्दै गर्दा चाँंगुमा दुईजना युवा पक्राउ
फाल्गुन १२, २०८०, शनिबार | दिउँसो १२:४५ बजे | 10
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा सोही स्थान बस्ने भुवन खत्रीको घरमा दराज फुटाई चोरी गरी भाग्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरिएको छ । खवर प्राप्त हुनासाथ तत्काल प्रहरी प्रभाग व्यासी भक्तपुरबाट प्रहरी टोली खटिई गई उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई चोरी गरेका विभिन्न परिमाणमा सुन जस्तो देखिने धातुका गर–गहनाहरु तथा नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । घटनास्थलमा परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । थप अनुसन्धान कार्यसमेत भइरहेको जनाइएको छ ।
पक्राउ गरिएको मानिसहरु ः
१. जिल्ला ओखलढुंगा घर हाल काठमाण्डौं जिल्ला टेकु बस्ने बर्ष १९ को राजेश भुजेल ।
२. जिल्ला काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. ६ बस्ने बर्ष १८ को समिर श्रेष्ठ ।
बरामद सामानहरु ः
१. सुनको चुरा – ३ थान, २. सुनको चन्द्रमा – १ थान, ३. सुनको औठी – १ थान,
४. सुनको नेक्लेस – १ थान, ५. सुनको कानमा लगाउने मुन्द्रा – १ थान,
६. तिलहरी – १ थान, ७. सुनको पुतली – १ थान, ८. सुनको रानीहार – १ थान,
९. चाँदीको पाउजु – १ जोर, १०. नगद रकम रु. १,२६६।– (एक हजार दुई सय छैसठ्ठी)
१२. ताल्चा फुटाउन प्रयोग गर्ने फलामको छिनो – १ थान ।