सिपाडोल वडा कार्यालय नजिकको गोठमा एक युवक रगताम्ये अवस्थामा मृत फेला


फाल्गुन ११, २०८०, शुक्रबार | दिउँसो ०१:०७ बजे | 20


सिपाडोल वडा कार्यालय नजिकको गोठमा एक युवक रगताम्ये अवस्थामा मृत फेला

भक्तपुर । तेह्रथुम छथर गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८  सिपाडोल बस्ने वर्ष ३३ को गोपालप्रसाद ढकाल कोठाबाट तेल किन्न बाहिर निस्केकोमा हालसम्म नआएको भनी विहीबार प्रहरी वृत्त जगाती भक्तपुरमा हुलिया सहितको निवेदन दिइएकोमा निजको खोजतलास गर्ने क्रममा शुक्रबार भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको कच्ची ईट्टा, माटोले बनेको दुई तल्ले गोठको भुँई तल्लामा रक्‍ताम्मे अवस्थामा मृत्यू भइसकेको मानिस परालले छोपिरहेको छ भन्ने जानकारी प्राप्त हुनसाथ तत्काल घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई हेर्दा हराएका गोपालप्रसाद ढकालकको शरिरको विभिन्न भागमा चोटपटक सहित मृत्यू भएकोले थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंज काठमाडौंबाट कुकुर सहितको प्रहरी टोली आई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments