भक्तपुरको मुहानपोखरीमा जव नौ लाख पैसाको पोकोभित्र कागज भेटियो........


माघ २९, २०८०, सोमबार | विहान ०७:३८ बजे | 25


भक्तपुरको मुहानपोखरीमा जव नौ लाख पैसाको पोकोभित्र कागज भेटियो........

भक्तपुर । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ९ घर भई हाल काठमाण्डौ टेकु बस्ने वर्ष ३२ को गिरीराज लिम्बुलाई कार्तिक १२ गते फोन सम्पर्क गरी रु.४०,०००। (चालीस हजार) डलर छ साट्नको लागी हामीलाई रु.९,००,०००। (नौ लाख) लगानी गर्नु उक्त डलर साटेपछि बराबर भाग लगाउँला भनी प्रलोभनमा पारी कार्तिक २३ गते भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ मुहानेपोखरीमा बोलाई       रुमालको पोको दिई रु. ९,००,०००। (नौ लाख) लगि गएकोमा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएकोमा डलर देखाई ठगी गर्ने कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को अमृत कुमार लामालाई मंसिर २१ गते सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राऊ गरी ठगी मुद्दामा म्याद थप भएकोमा मिति पुष १७ गते सम्मानित भक्तपुर जिल्ला अदालतबाट रु.५,००,०००।(पाँच लाख) धरौटी खुली धरौटी तिर्न नसकी नख्खु कारागार काठमाण्डौ चलान भएको र सोही मुद्दामा फरार रहेको सिन्धुपालचोक बाह्रबिसे नगरपालिका वडा नं. ४ घर भई हाल बुढानिलकण्ठ नगापालिका वडा नं. ५ टुसाल बस्ने वर्ष २६ को दिल कुमार लामालाई माघ२८ गते सात बजेकोको समयमा काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ बिष्णुमति, टुसालबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ । निजलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

Comments