सुन किन्दै हुनुहुन्छ ? होसियार ठगीमा पर्नहोला नि
माघ २८, २०८०, आइतबार | विहान ०८:३५ बजे | 30
भक्तपुर । माघ १७ गते रामेछाप दोरम्बा गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका कोरियन अस्पताल नजिकै बस्ने बर्ष २४ की विनिता थापा मगरलाई अपरिचित व्यक्तिले फोन गरी १ के.जी. सुन छ लगानी गर्नुप¥यो बेचेर भागबण्डा गरौला नाफा हुन्छ भनी सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी माघ २० गते भक्तपुर भक्तपुर नगरपालिका वडा नं. २ व्यासीबाट रु. २,७५,०००।– (दुई लाख पचत्तर हजार रुपैया) र माघ २२ गते सोही स्थानबाट रु. ५,००,०००।– (पाँच लाख रुपैया) गरी जम्मा रु. ७,७५,०००।– (सात लाख पचत्तर हजार रुपैया) लिई फरार हुनेहरुलाई प्रहरील पक्राउ गरेको छ । फोन स्वीच अफ गरी फरार भएको भन्ने माघ २६ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा दिइएको जाहेरी दरखास्तको आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ २६ र २७ गते सोही ठगीमा सम्लंन उनीहरुलाई मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडेबाट पक्राउ गरी खानतलासी गर्दा निजहरुको साथबाट बिभिन्न परिमाणमा नगद तथा सामानहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर बोडे बस्ने बर्ष ३८ को छुल्टीम लामा (बरामद सामान ः १ थान मोवाइल, नगद रु. १,२२,०००।–), सोही स्थान घर भई हाल बोडेमै बस्ने बर्ष ३३ को राजेन्द्र तामाङ (बरामद सामान ः २ थान मोवाइल, नगद रु. १४,०००।–), सोही स्थान घर भई हाल बोडेमै बस्ने बर्ष २७ को चिनबहादुर लामा (बरामद सामान ः २ थान मोवाइल, नगद रु. ८६,५००।–) र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४८ को जितबहादुर तामाङ (बरामद सामान ः २ थान मोवाईल, नगद रु. ७४,०००।–) पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै माघ २७ गते सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौ मुलपानी बस्ने बर्ष ३१ को मिलन भन्ने दावा दुण्डुप तामाङ । (बरामद सामान ः १ थान मोवाईल) लाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
निजहरुलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी बसन्त पाठकले बताए ।