भक्तपुर नगरपालिका ७ मुनिबिहारबाट लाकुलाछेंका भेले पक्राउ
माघ १७, २०८०, बुधबार | दिउँसो ०१:४७ बजे | 35
भक्तपुर नगरपालिका वडा नं. ७ मुनिबिहारबाट भक्तपुर नगरपालिका वडा नं. ४ लाकुलाछे बस्ने वर्ष २४ को समन भेलेलाई प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०३४ प. २३७७ नं. को स्कुटी र निजको साथबाट लागू औषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीबाट नुफ्रिन – ५ थान, डाईजेपाम – ४ थान, फेनारगन – ३ थान बरामर भएको भक्तपुर प्रहरीले जनाएको छ । हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनीबारे थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरले जनाएको छ ।