तीव्र गतिले थिमिमा दुर्घटना, एकजनाको मृत्यु, अर्का घाइते, एकजना फरार


माघ १७, २०८०, बुधबार | दिउँसो १२:३९ बजे | 25


तीव्र गतिले थिमिमा दुर्घटना, एकजनाको मृत्यु, अर्का घाइते, एकजना फरार

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ चारदोबाटोको आकाशे पुल नजिकै भक्तपुरबाट काठमाडौं जाने हाईवे लेनमा टायर पन्चर भई बाटोको साईडमा रोकी राखेको बागमती ५ ख. २५१ नं. को निशान गाडीमा  सोही दिशाबाट आँउदै गरेको प्रदेश नं. ३ –०२–००९ प ७००७ नं. को मोटरसाइकल अनियन्त्रित भई निशान गाडीको पछाडि ठोक्किन पुग्दा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने वर्ष २४ को समन भुजेल घाइते भई उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमाटर्मको लागि भक्तपुर अस्पतालमा ल्याई राखिएको छ । मोटरसाइकल पछाडि सवार भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट बस्ने वर्ष २० की सोफिया ठकुरी समेत घाईते भई भक्तपुर ईन्टरनेशनल अस्पताल ठिमीमा उपचार भईरहेको छ । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धानको अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको । दुर्घटना भएको सवारी साधन प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको छ । निशान गाडी चालक हालसम्म फरार रहेकोमा खोजी कार्य भइरहेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।  

Comments