भेलुखेलमा १० लिटर पानीले लियो ज्यान


माघ १३, २०८०, शनिबार | दिउँसो ०३:२७ बजे | 25


भेलुखेलमा १० लिटर पानीले लियो ज्यान

भक्तपुर

भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा करिब १० लिटर पानी रहेको भाडोमा परेका थिए। लुगा धुने प्रयोजनका लागि उक्त पानी तताएर राखिएको बताइएको छ ।

लगत्तै उपचारका लागि उनलाई सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि सम्बधित चिकित्सकले करिब साढे ३ बजेको समयमा बालकलाई मृत घोषित गरिदिएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Comments