मध्यपुरको एसएस चोक नजिकै दुर्घटना ः एकजनाको मृत्यु


माघ १२, २०८०, शुक्रबार | विहान ०४:५६ बजे | 40


मध्यपुरको एसएस चोक नजिकै दुर्घटना ः एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ एस.एस.चोक नजिकै बाग्मती पेट्रोल पम्पबाट हाईवे निस्की राधेराधेतर्फ जाँदै गरेको बाग्मती ३ क. १७४५ नम्बरको टिपरले काठमाडौबाट भक्तपुरतर्फ आँउदै गरेको बाग्मती प्रदेश ०२ –०३५ प. ८०८३ नं.को मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४३ को उद्धवप्रसाद नेपालको मृत्यु भएको छ । ठक्करपछि गम्भिर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको । शवलाई पोष्टमाटर्मको लागि भक्तपुर अस्पतालमा ल्याई राखिएको जनाइएको छ । 
घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ ।  दुर्घटना भएका सवारी साधन र टिपर चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौ बौद्ध बस्ने बर्ष ३५ को बोलमान वाईवा समेतलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।

Comments