चुनदेवीमा मोटरसाइकलले दियो स्कुटीलाई ठक्कर ः पाण्डुबजारका युवाको मृत्यु


माघ १०, २०८०, बुधबार | विहान ०५:५१ बजे | 30


चुनदेवीमा मोटरसाइकलले दियो स्कुटीलाई ठक्कर ः पाण्डुबजारका युवाको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ चुनदेबी आकाशे पुल नजिक सल्लाघारीबाट सूर्यविनायकतर्फ आँउदै गरेको बागमति प्रदेश ०२–०२२ प ८७३२ नं. को मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२१ प ९०३२  नं. को स्कुटीलाई ठक्कर दिदा मो.सा.चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने बर्ष २० को ओम के.सी. गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरील्े जनाएको  । शवलाई पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल भक्तपुर ल्याई राखिएको जनाइएको छ । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ ।  दुर्घटना भएका सवारी साधन र स्कुटी चालक सिन्धुपाल्चोक मेलम्ची  नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौ कपन बस्ने बर्ष २६ को रोशन तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments