कटुञ्जेमा राति सुतेको मानिस विहान मृत अवस्थामा फेला


माघ ९, २०८०, मङ्गलबार | विहान ०९:५६ बजे | 25


कटुञ्जेमा राति सुतेको मानिस विहान मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकै जगत गोसाईको ३ तल्ला पक्की घरमा डेराकोठा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. १ घर भई हाल सोही स्थान बस्ने वर्ष ३५ की अनिता थापा हिजो सोमबार बेलुका खाना खाई सुतेकोमा मंगलबार विहान ९ बजेको समयमा निजको भाईले घोप्टो परी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी मृत्त शव पोष्टमाटर्मको लागि के.एम.सी.अस्पताल दुवाकोट भक्तपुर लगिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Comments