विवाहको तयारीमा थिइन् मृत गोसाई ः एकजना पक्राउ
माघ ४, २०८०, बिहीबार | दिउँसो ०२:०७ बजे | 25
भक्तपुर । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन् । २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए । गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए । गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो । गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
फाेटाेमा हेर्नुहाेस्...