बोडेमा पाँंचदिनदेखि साथीसँंगै रहेका एकजनाको शंकास्पद मृत्यु


पुष २६, २०८०, बिहीबार | विहान ११:२९ बजे | 25


बोडेमा पाँंचदिनदेखि साथीसँंगै रहेका एकजनाको शंकास्पद मृत्यु

बोडे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही २ नं.गेट नजिक ओमबहादुर खड्काको ३.५ तले घरको दोस्रो तलामा डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसखु पाखर गाउँपालिका वडा नं. ७ घर भई हाल बोडे बस्ने वर्ष २५ को रोमन कार्कीको डेराकोठामा विगत ५ दिनदेखिसँगै बस्दै आएका सोही स्थानमा घर भएका वर्ष २६ को सुजन तामाङको मृत्यु भएको छ । अचेत अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई घाईतेलाई मध्यपुर अस्पताल लगेकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहको प्रहरीले जनाएको छ ।

Comments