पलाँंसेमा मृत्यु भएकी महिला कोटेश्वरकी


पुष २६, २०८०, बिहीबार | विहान ०६:०७ बजे | 30


पलाँंसेमा मृत्यु भएकी महिला कोटेश्वरकी

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलाँसे फनभ्याली नजिक राजमार्ग छेउको खोल्सामा खसेर मोटरसाइकलले थिचिएर मृत्यु भएको अवस्थामा एक महिला फेला परेकी छिन् । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ पलाँसेमा साँगाबाट जगातीतर्फ आउने बाटोको साईडमा हाईवेवाट अन्दाजी ३० फिट तल खसेको प्रदेश २–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकल दुबै पाङ्ग्रा उत्तानो परी निज महिलालाई थिचि मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रराम्भिक अनुसन्धानको क्रममा निज मृतक नवलपरासी कावासोती घर भई हाल काठमाडौ कोटेश्वर बस्ने बर्ष २२ कि ममता सुबेदी भन्ने बुझिएको भक्तपुर प्रहरी रिसरले जनाएको छ । लास मुचुल्कापश्चात पोष्ट मार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जनाइएको छ । घटनाकोबारेमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । यसअघि मोटरसाइकल दुर्घटना भई तत्काल नाम थर नखुलेको महिलालाई मोटरसाइकलले थिचिएको अबस्थामा छ भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा वृत्त जगातीबाट  प्रहरी टोली खटी गएको थियो । 

Comments