पलाँंसेमा बुलेट बाइकसहित एकजना महिला मृत अवस्थामा फेला


पुष २५, २०८०, बुधबार | विहान ११:३२ बजे | 30


पलाँंसेमा बुलेट बाइकसहित एकजना महिला मृत अवस्थामा फेला

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलाँसेमा बुलेट बाइकसहित एकजना महिला मृत अवस्थामा फेला परेकी छिन् । बागमती प्रदेश १०५८ नं को उक्त बाइकसंगै एक महिला पनि मृत भेटिएकी छिन् । महिलालाई मोटरसाइकलले थिचिएको अवस्था छ । साथै माइक र महिला दुवै खोल्सामा छन् । घटना हिजो बेलुकातिरै घटेको अनुमान छ । बुलेट बाइक चढ्ने कोही लेडि राइडर सम्पर्कविहिन छन् भने यसबारे बुझ्न अनुरोध गरिएको छ ।

Comments