सिपाडोलमा प्रहरी नायब निरीक्षक आफनै घरमा मृत अवस्थामा फेला
पुष ८, २०८०, आइतबार | विहान ०५:०७ बजे | 35
भक्तपुर । भक्तपुरको सूर्यविनायक वडा नं. ८ सिपाडोल टौखेलमा आइतबार विहान सात बजे नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौ दरबन्दी भई कार्यरत रहेका प्रहरी नायव निरीक्षक वर्ष ४४ को बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको छ । जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक कार्य गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।