जगाती पुलमा दुर्घटना ः एकजनाको मृत्यु ः नलिन्चोकका हेङ्गजु पक्राउ
पुष ७, २०८०, शनिबार | विहान ११:११ बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ९ जगाती पुलमा जगातीबाट साँगातर्फ जादै गरेको बा.१० च. ८२८३ नम्बरको बोलेरो गाडीले सोही दिसाबाट आँउदै गरेका पैदलयात्री रोल्पा करेती गा.वि.स. वडा नं ६ घर भएका बर्ष ३१ को अर्जुन घर्तीमगरलाई ठक्कर दिदाँ मृत्यु भएको छ । शुक्रबार राति झण्डै नौ बजे ठक्करबाट गम्भिर घाईते भई उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगेकोमा उपचारकै क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी बोलेरो गाडी र गाडी चालक भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. १० नलिन्चोक बस्ने वर्ष ५६ को बिश्वनाथ हेङ्गजुलाई नियन्त्रणमा लिई प्रहरी वृत जगाती भक्तपुरमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।