चाँंगु पिखेलमा आफन्तबाटै बलात्कार
पुष ४, २०८०, बुधबार | विहान ११:०५ बजे | 20
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलमा परिवर्तित नामथर भक्तपुर २७ (ङ १६) की बालिका हराएको भनी पीडित बालिकाको आफन्तले प्रहरी परिसर भक्तपुरमा दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा निज पीडितकै आफन्तले पुस ३ गते १७ः०० बजेको समयमा चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलमा फेला परेको भनी प्रहरीलाई जानकारी दिनासाथ तत्काल जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी भक्तपुरबाट प्रहरी टोली खटिई गई पिडित परिवर्तित नामथर भक्तपुर २७ (ङ १६) की बालिकालाई उद्धार गरेको छ । हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई राखिएको ।
उक्त घटनाको सम्बन्धमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ११ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट स्थित ए इट्टा भट्टामा काम गर्ने बर्ष ४९ को सोमबहादुर स्याङतानले निज बालिकालाई आफ्नो झ्याउली (छाप्रो) मा लगि जवरजस्ती करणी गरेको भन्ने खुल्न आएकोले निज प्रतिवादी सोमबहादुर स्याङतानलाई जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलबाट नियन्त्रणमा लिई मंगलबार जिल्ला अदालत भक्तपुरमा जवरजस्ती करणी मुद्दामा पेश गरी सोही मितिको ३ गतेदेखि लागु हुने गरी दिन ५ (पाँच) म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।