भक्तपुर ः प्रहरीले जिल्लाको सूर्यविनायक नगरपालिका १ बिरुवास्थित बिष्णुप्रसाद घिमीरेको १ तले पक्की घरमा एबस्ने श्याम थापाले संचालन गरेको चिया पसलमा तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ । महानगरीय बृत ठिमीले लकडाउन खुलेपछि र चाडपर्ब नजिकिदै जादा जुवा तास खेल्ने क्रम बढेको भन्ने सर्वसाधारणले गुनासो गरेकामा शनिबार त्यहाँं जाँंदा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका १ वस्ने वर्ष ५२ को राजेन्द्र कु. थापा (रु. ३१,०००), सोही स्थान वस्ने वर्ष ४८ को मनोज वानिया (रु. १,५००), त्यही वस्ने वर्ष ३० को विश्व न्यौपाने र खोटाङ खेटेयाङ गा.पा. १ हाल सिरुटार वस्ने वर्ष ४० को नगेन्द्र राईलाई पक्राउ गरेको जनाएको छ । तास खालबाट रु.७६ हजार आठ सय ं व्यक्तिबाट ३२ हजार पाँंच सय गरी जम्मा एक लाख नौ हजार तीन सय र केही तास बरामद गरिएको जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments