टिपरको ठक्करबाट एकजनाको मृत्यु ः सिपाडोलका सुरेश पक्राउ
मंसिर ३०, २०८०, शनिबार | विहान ०४:१७ बजे | 20
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका वडा नं. २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी बहाखा बजारबाट सानोठिमीतर्फ जाँदै गरेको बा. ४ ख. २३४७ नम्बरको ट्रिफर र बिपरीत दिशाबाट आँउदै गरेको बा. ९२ प. ५५३१ नम्बरको स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक काभ्रेपलान्चोक रोशी गाँउपालिका वडा नं. १० घर भई गठ्ठाघर भक्तपुर बस्ने बर्ष २३ को बिशाल मैनालीको मृत्यु भएको छ । दुर्घटनापछि गम्भिर घाइते भई उपचारको लागि नागरीक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ । दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको छ । टिपर चालक धादिङ थाक्रे गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने बर्ष ४२ को सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।