डलर देखाई रकम लुट्ने लुटेराहरुको गिरोह पक्राउ
असोज २४, २०७७, शनिबार | दिउँसो ०२:०५ बजे | 30
भक्तपुर । विगत केही समय देखी भक्तपुर जिल्ला लगायत आसपासका ठाँउहरुमा विभिन्न अमेरिकी डलर देखाई १ करोड १५ लाख १० हजार बराबरको नगद (हाल सम्म खुल्न आएको) ठगी गर्ने अभियुक्तहरुलाई महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको । साथै, घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास कार्य भई रहेको ।
[[img2]]
हाल सम्म पक्राउ परेका व्यक्तिहरु ः१. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल का.जि.गोकर्णेश्वर
न.पा. १ बस्ने वर्ष ३६ को खेल बहादुर तामाङ ।
२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल का.जि. गोकर्णेश्वर
न.पा. १ बस्ने वर्ष ३३ को रेल बहादुर तामाङ ।
३. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला
मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ५६ को श्याम बहादुर तामाङ
४. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला
मध्यपुरठिमी न.पा. वडा नं.९ बस्ने वर्ष २५ को रामकृष्ण तामाङ ।
५. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला
मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ ।
६. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल भक्तपुर
चारदोबाटोमा कोठा गरी बस्ने वर्ष २३ को विमल भण्डारी ।
७. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ भई हाल भक्तपुर चारदोबाटोमा
कोठा गरी बस्ने २१ को निर्मल भण्डारी ।
८. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. २ घर भई हाल जोरपाटी,
काठमाण्डौ बस्ने बर्ष ३३ को राज कुमार तामाङ ।
९. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. ४ घर भई हाल लोकन्थली, भक्तपुर
बस्ने बर्ष ३१ को धन बहादुर भण्डारी ।
१०. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. २ घर भई हाल भक्तपुर सुडाल
बस्ने बर्ष २८ को कमल भण्डारी ।
११. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ४ घर भई हाल भक्तपुर
कालोपाटी बस्ने बर्ष २७ को राकेश भण्डारी ।
१२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल काठमाण्डौ
बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जन ।