कटुञ्जे घटना ः मृत्यु नभइ हत्या भएको हुनसक्ने


मंसिर २७, २०८०, बुधबार | विहान ०७:४६ बजे | 35


कटुञ्जे घटना ः मृत्यु नभइ हत्या भएको हुनसक्ने

भक्तपुर । भक्तपुरमा एक महिलाको हत्या भएको आशंका गरिएको छ । गत आइतबार मृत्यु भएकी ४३ वर्षकी मायादेवी शाक्यको स्वभाविक मृत्यु नभई हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका हुन ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ स्थित मायादेवी शाक्य घरमा सुतिरहेको अवस्थामा भएको मृत्यु स्वभाविक मृत्यु नभइ हत्या भएको हुनसक्ने उनका माइती पक्ष र स्थानीयले बताएका हुन । उनीहरुले श्रीमान श्रीमती संगै सुतिरहेको अवस्थामा भएको मृत्युलाई स्वभाविक मान्न नसकिने बताएका छन् ।
मृतकको शरिरमा निल डाम भएको र मुखमा घाउ भएकाले पनि घटना संकास्पद भएको स्थानीको भनाई छ । मृतक शाक्यको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज(केएमसी)  मा राखिएको र बुधबार रिपोर्ट आएपछि मात्र मृतक शरिरलाई दाहसंस्कार गरिने माइती पक्षले जनाएको छ ।
उनका पति ६१ वर्षिय दानकाजी शाक्यलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । घटनाबारे सत्य तत्थ्य छानविन गर्न मृतकका माइती पक्ष र स्थानीयले माग गरेका छन् ।

Comments