ताथलीमा आफनै घरको इनारमा डुबेर एकजनाको मृत्यु


मंसिर २६, २०८०, मङ्गलबार | विहान ०९:४४ बजे | 30


ताथलीमा आफनै घरको इनारमा डुबेर एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ९ ताथली राममन्दिर बस्ने बर्ष ५२ को राम खड्का मंगलबार घरमा चिया खाई बाहिर निस्केको र सम्पर्कमा नआएका कारण निजको छोरा वर्ष २४ को कन्चन खड्काले खोजी गर्ने क्रममा आफ्नै घरको अन्दाजी २५ फिट गहिरो ईनारमा मृत अवस्था भेटिएको छ । प्रहरीलाई जानकारी गराउन साथ घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

Comments