भक्तपुरमा बसभित्र बलात्कार गर्ने अपराधीहरु
असोज २४, २०७७, शनिबार | विहान ०२:५१ बजे | 10
भक्तपुर । भक्तपुर मिति २०७७–०६–१६ गते विहान अन्दाजी ११ः०० बजेको समयमा काठमाण्डौको रत्नपार्क स्थितमा पानीमा लठ्याउने औषधी मिसाई खान दिई परिवर्तित नाम भक्तपुर जगाती २७(ज्), १७ बर्षकी बालिकालाई रत्नपार्कबाट भक्तपुर सम्म बसमा चढाएर ल्याई २०७७–०६–१७ गते विहान अन्दाजी १०ः०० बजेको समय सम्म भक्तपुर जिल्ला सुर्यविनायक स्थितमा नम्बर नखुलेको बस भित्र जवरजस्ती करणी भएको र उक्त जवरजस्ती करणीमा संलग्न व्यक्ति फरार रहेको साथै ऐ.मितिको ११ः०० बजेदेखी रातको २१ः३० बजेको समय सम्म भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ८ लिवाली स्थित रहेको तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बस भित्र २ जना व्यक्तिहरुले निज किशोरीलाई पुनः पटक पटक जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. १० बस्ने बर्ष २२ को निर कुमार खड्का र ऐ. जुगल गा.पा. ४ पाङताङ बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई नियन्त्रणमा लिई मिति २०७७–०६–१८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरिएको साथै घटनामा संलग्न रही फरार भएका जिल्ला झापा चन्द्रगढी पृथ्विनगर न.पा. १ बस्ने बर्ष २१ को दिपेश राईलाई खोजतलास गर्ने क्रममा मिति २०७७–०६–२२ गते जिल्ला झापा भद्रपुर न.पा. ८ बाट महानगरीय प्रहरी परिसर, भक्तपुरले महानगरी प्रहरी वृत्त जगातीबाट झापाको लागी टोली खटाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
<!--[if gte mso 9]><xml>