भार्वाचोमा आफनै घरको तेश्रो तल्लाबाट हाम फालेर एकजनाको मृत्यु
मंसिर ६, २०८०, बुधबार | दिउँसो ०१:१३ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचो बस्ने बर्ष ४४ को ज्ञानकाजी मानन्धर आफ्नै घरको तेस्रो तल्लाबाट हाम फालेर मृत्यु भएको छ । बुधबार दिउँंसा तीन बजरो ४० मिनटेमा हामफालेर भुँइमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भई उपचारको लागि उनलाई नजिकैको भक्तपुर अस्पताल दुधपाटी लगेको थियो । उपचारकै क्रममा चार बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको हो । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ । मृत्तक ज्ञानकाजी मानन्धर विगत १० बर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएको भन्ने निजको आफन्तबाट खुल्न आएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।