लोकन्थली दुर्घटना ः मृत्यु हुने व्यक्ति बालकोटका
कार्तिक ३०, २०८०, बिहीबार | दिउँसो ०३:०४ बजे | 0
भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली चोक स्थितमा जडिबुटिबाट भक्तपुरतर्फ आँउदै गरेको ना.७ ख. ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिसाबाट आँउदै गरेको बा.७३ प.२१६० नम्बरको मोटरसाईकलाई ठक्कर दिदाँ मोटरसाईकल चालक सिन्धुपाल्चोक चौतारा साँगागढीचोक नगरपालिका वडा नं. ४ ठुलो सिरुवारी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट बस्ने बर्ष ४१ को हरिशरण पुरीको मृत्यु भएको छ । गम्भिर घाईते भई उपचारको लागि मध्यपुर ठिमी अस्पताल लगेकोमा उपचारकै क्रममा सात बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी तेल बोक्ने ट्यांकरलाई नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ । ट्यांकर चालक सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. २ बस्ने बर्ष ४५ को तुलबहादुर माझीलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।