कमलविनायक घटना ः हामी पीडित भयौं
कार्तिक २७, २०८०, सोमबार | विहान ०९:०३ बजे | 25
हामी झण्डै ६ जना साथीहरु एउटा विशेष काममा ज्ञाडरिंग (भेटघाट) मा थियौ, कमलविनायकको एउटा रेष्टुरेन्टमां । राति अवेर भइसकेकोले हामी बसेको रेष्टुरेन्टको आधा सटर बन्द गरिसकेको थियो । हामी पनि छुटिनको लागि विल मागिरहेका थियौं ।
यस्तैमा सुरुमा दुईजना मानिसहरु रेष्टुरेन्ट भित्र पसे सटर खोलेर । पछि पनि केही थपिएर उनीहरु पनि ६ सात जना जति नै भित्र आए ।
त्यसपछि हाम्रो एकजना साथी क्रिसम कार्कीसँंग सुदरÞशन पौडेल नामको उनीहरुको साथी डिसकस गर्न आए । डिसकसले उग्र रुप लिएपछि उनीहरुमध्येको हेमकुमारले हाम्रा े साथी क्रिसममाथि हातपात भयो । यसरी पहिलो हातपात उनीहरुबाट नै भएको थियो ।
त्यसपछि हामीले उनीहरुलाई बाहिर ल्यायौं । झैझगडाको क्रममा रेष्टुरेन्टमा केही क्षति होला कि भनेर हामीले उनीहरुलाई बाहिर ल्याएका थियौ । तर उनीहरु हातहतियारसहित हामीमाथि आक्रमण गर्ने उद्देश्यले आएको रहेछ । बाहिर ल्याएपछि हाम्रो साथी प्रविण दुवाललाई उनीहरुले छड प्रहार गरे । सायद यो दृश्य रेष्टुरेन्टको सीसीटीभीमा रेकर्ड छ ।
यसपछि हामीले झगडा नगरौ भन्दै साम्य पार्न खोजिरह्यौ । तर उनीहरुकोतर्फबाट आएका कुर १० बाह्र जनाले आक्रमण गरिराखे ।
कमलविनायक नजिकै पुलिस विट छ । त्यसपछि सुरुमा त्यहाँंका दुई जना प्रहरी आए । प्रहरी आएपछि हामीले उनीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरयौं । सुरुमा हामीले उनीहरुमध्ये तीनजनालाई नियन्त्रणमा लिएका थियो । तर पछि दुईजना पनि फुत्केर भागिहाले । उनीहरुमध्ये धेरैजसो मोटसाइकलमा आएका थिए र मोटरसाइकलमै भागे । झण्डै एक दर्जनको संख्यामा रहेका उनीहरुमध्ये हामीले एकजना सुदर्शन पौडेल र उनी चढेको सेतो गाडी मात्रै नियन्त्रण गर्नसक्यौं ।
यसरी जगातीबाट प्रहरी पुग्दासम्म उनीहरुमध्ये विजयवाहेक सवै भाग्न भ्याइसकेका थिए । झगडा मिलाउन बसेको हामी अर्थात उनीहरुविरुद्धको हामी ६ जना मात्रै त्यहाँं बांकी रहयौं ।
हामीमध्ये दुईजना प्रविण दुवाल र क्रिसम कार्की घाइते भयौं । त्यहीकारण हामी थिमि हस्पिटलमा भर्ना भयौ । हामी त्यसको भोलिपल्ट डिष्चार्ज भयौं ।
झगडाको खास कारण के थियो भने उनीहरुमध्येका सुदर्शन पौडेल जग्गा प्लानिंग गर्ने मानिस थिए । उनले झौखेल तलको जग्गा प्लानिग गरिराखेको थियो । त्यही जग्गा विवादको विषयमा हाम्रो साथी अरुणकुमार थापाको एकदुई हप्ता डिसकस परेको रहेछ । त्यही विषयलाई लिएर उनीहरु हामीमाथि आक्रमण गर्न आएका रहेछन । खासमा हामीमध्ये केहीले उनीहरुलाई र उनीहरुमध्ये केहीले हामीहरुलाई चिन्थे ।
यसरी हामीमाथि आक्रमण गर्न आउनेहरुमध्ये एकजनाबाहेक सवैजना भाग्न सफल भए । हामी झगडा नगरौ भनेर बसेका अर्थात छुटाउन बसेकालाई ६ जना पक्राउ परयौं । यसरी यो घटनामा हामी निर्दोष ६ जना र उनीहरु एकजना गरी कुल सात जना पक्राउ परेका थियौं । हामी निदोर्षहरु पीडामा परेकाले हामी प्रहरीमा जाहेरी दिने पक्षमा छौं । (कुराकानीमा आधारित)
यो पढ्नुहोस्
कमलविनायकमा मध्यरातमा ग्यांग फाइट ः ६ जना पक्राउ
भक्तपुर । शुक्रबार राति १२ः५५ भक्तपुर न.पा.१० कमलविनायकबाट मा.प.से.गरी एक आपसमा झै झगडा गर्ने मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई वृत जगातीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । हाल उनीहरु वृत जगातीमा ल्याइराखिएको प्रहरीले ेजनाएको छ ।
निम्न
१) जि.सि.पा.बाह्रबिसे गा.पा.६ घर भई हाल जि.भक्तपुर सुर्यविनायक न.पा.५ सल्लाघारी बस्ने वर्ष ३७ को विजय श्रेष्ठ ।
२) जि.भक्तपुर भक्तपुर न.पा.२ व्यासी बस्ने वर्ष २५ को प्रविण दुवाल ।
३) जि.भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने वर्ष २९ को अरुण राज मगर ।
४) जि.भक्तपुर भक्तपुर न.पा.२ ईताछे बस्ने वर्ष २९ को रमेश देशेमरु ।
५) जि.भक्तपुर भक्तपुर न.पा.८ लिवाली बस्ने वर्ष ३५ को ज्योतेन्द्र प्रजापती ।
६) जि.भक्तपुर चाँगुनारायण न.पा.५ पिखेल बस्ने वर्ष २२ को रियस कार्की ।
७) जि.भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने वर्ष ३४को प्रविण कासुला ।
र यो पनि पढ्नुहोस्
छुटे कमलविनायकमा मध्यरातमा ग्यांग फाइट गर्नेहरु
भक्तपुर । भक्तपुरको कमलविनायकमा शुक्रबार मध्यरातमा ग्यांग फाइट गर्नेहरु शनिबार छुटेका छन् । भक्तपुर प्रहरी परिसरले उनीहरुलाई रिहा गरेको हो । दुवै पक्षवीच मिलापत्र भएपछि उनीहरुलाई प्रहरीले रिहा गरेको हो ।
शुक्रबार राति ११ः५५ मा भक्तपुर नगरपालिका वडा नं १० स्थित कमलविनायकमा ग्यांग फाइट परेको थियो । कमलविनायकबाट मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई वृत जगातीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर उनीहरुलाई वृत जगातीमा ल्याइराखिएको थियो ।
प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.६ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा.५ सल्लाघारी बस्ने वर्ष ३७ को विजय श्रेष्ठ, भक्तपुर न.पा.२ व्यासी बस्ने वर्ष २५ को प्रविण दुवाल, भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने वर्ष २९ को अरुण राज मगर, भक्तपुर न.पा.२ ईताछे बस्ने वर्ष २९ को रमेश देशेमरु, भक्तपुर न.पा.८ लिवाली बस्ने वर्ष ३५ को ज्योतेन्द्र प्रजापति, भक्तपुर चाँगुनारायण न.पा.५ पिखेल बस्ने वर्ष २२ को रियस कार्की र भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने वर्ष ३४को प्रविण कासुला रहेका थिए ।