भक्तपुरमा लक्ष्मी पूजा गर्ने क्रममा आफूले लगाएको कपडामा आगो सल्केर एकजनाको मृत्यु
कार्तिक २७, २०८०, सोमबार | विहान ०४:२७ बजे | 40
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली मनोरम पार्क नजिकै सोही स्थान बस्ने बर्ष ८३ की साबित्रीदेबी दाहाल आफ्नै घरको दोश्रो तल्लाको पुजा कोठामा लक्ष्मी पुजा गर्ने क्रममा आइतबार साँंझ अचानक निजले लगाएको कपडामा आगो सल्किन गई आत्तिएर बैठक कोठाको भुइमा लडी आगलागी भएको छ । निजको श्रीमान बर्ष ८५ को गुरुप्रसाद दाहालले देखी पानी हाली आगो निभएकोमा घटनास्थलमै निज साबित्रीदेबी दाहालको मृत्यू भएको छ । खवर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतसमेतको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले जनाएको छ । लाश पोष्टमार्टमको लागि के.एम.सी. दुवाकोट पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।