छुटे कमलविनायकमा मध्यरातमा ग्यांग फाइट गर्नेहरु


कार्तिक २५, २०८०, शनिबार | दिउँसो ०२:०४ बजे | 30


छुटे कमलविनायकमा मध्यरातमा ग्यांग फाइट गर्नेहरु

भक्तपुर । भक्तपुरको कमलविनायकमा शुक्रबार मध्यरातमा ग्यांग फाइट गर्नेहरु शनिबार छुटेका छन् । भक्तपुर प्रहरी परिसरले उनीहरुलाई रिहा गरेको हो । दुवै पक्षवीच मिलापत्र भएपछि उनीहरुलाई प्रहरीले रिहा गरेको हो । 
शुक्रबार राति ११ः५५ मा भक्तपुर नगरपालिका वडा नं १० स्थित कमलविनायकमा ग्यांग फाइट परेको थियो । कमलविनायकबाट मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई वृत जगातीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर उनीहरुलाई वृत जगातीमा ल्याइराखिएको थियो । 
प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.६ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा.५ सल्लाघारी बस्ने वर्ष ३७ को विजय श्रेष्ठ, भक्तपुर न.पा.२ व्यासी बस्ने वर्ष २५ को प्रविण दुवाल, भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने वर्ष २९ को अरुण राज मगर, भक्तपुर न.पा.२ ईताछे बस्ने वर्ष २९ को रमेश देशेमरु, भक्तपुर न.पा.८ लिवाली बस्ने वर्ष ३५ को ज्योतेन्द्र प्रजापति, भक्तपुर चाँगुनारायण न.पा.५ पिखेल बस्ने वर्ष २२ को रियस कार्की र भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने वर्ष ३४को प्रविण कासुला रहेका थिए  ।

Comments