यसरी नियन्त्रणमा लिइएको थियो लोकन्थलीमा चितुवालाई (फोटाहरु छन् । )
कार्तिक २४, २०८०, शुक्रबार | विहान ०९:१८ बजे | 35
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ कौशलटारमा शुक्रबार विहान चितुवा फेला परेको छ । चितुवालाई दिउँंसो नियन्त्रणमा लिन सफल भएको छ । निस्किएको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । उक्त चितुवालाई काठमाडौ वन डिभिजन कार्यालयले नियन्त्रणमा लिएको हो ।
भक्तपुरका एसपी बेद बिष्टका अनुसार कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा चितुवा देखिएको हो । चितुवा वश्यक छ ।
चितुवा देखिने बित्तिकै डिभिजन वन कार्यालय भक्तपुरले काठमाडौलाई खबर गरेको थियो । वन अधिकृतको टोली चितुवा नियन्त्रण लिन खटाइएको थियो । चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका थिए । चितुवालाई बेहोस पारेर नियन्त्रणमा लिइएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...