बंशगोपालबाट दसजना जुवाडेहरु पक्राउ (नामावलीसहित)
कार्तिक १९, २०८०, आइतबार | विहान १०:४१ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपालस्थित नारायण श्रेष्ठको साढे ३ तल्ले घरको पहिलो तल्लामा भाडा लिई खाजा पसल संचालन गर्ने बर्ष २४ को बुद्ध लामाको खाजा पसलमा जुवातास खेलिरहेका दसजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई खाजा पसलमा छापा मार्दा पैसाको हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा दुई (२) बुक ताससहित नगद रु. २५,६५५।– (पच्चीस हजार छ सय पचपन्न) रुपैंया बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
पक्राउ परेको जुवाडेहरुको नाम र थर
ज्ञ. जिल्ला काभ्रेपलान्चोक तिमाल गाँउपालिका वडा नं. ९ घर भई हाल ऐ. वंशगोपाल बस्ने बर्ष २४ को बुद्ध लामा (होटल संचालक ) ।
द्द. ऐ.ऐ. घर भई हाल भक्तपुर व्यासी बस्ने बर्ष २९ को सागर लामा ।
घ. ऐ.ऐ. घर भई हाल भक्तपुर वंशगोपाल बस्ने बर्ष ३६ को कुमार तामाङ ।
द्ध. ऐ.ऐ. घर भई हाल भक्तपुर वंशगोपाल बस्ने बर्ष ४५ को चित्र ब. तामाङ ।
छ. ऐ.ऐ. घर भई हाल भक्तपुर वंशगोपाल बस्ने बर्ष ३४ को भिम ब. लामा ।
ट. जिल्ला काभ्रेलान्चोक रोशी गाँउपालिका वडा नं. ८ घर भई हाल भक्तपुर वंशगोपाल बस्ने बर्ष ३५ को जिबन लामा ।
ठ. जिल्ला काभ्रे तिमाल गाँउपालिका वडा नं. ६ घर भई हाल भक्तपुर वंशगोपाल बस्ने बर्ष ३० को बुद्धमान तामाङ ।
ड. जिल्ला काभ्रे तिमाल गाँउपालिका वडा नं. ९ घर भई हाल भक्तपुर व्यासी बस्ने बर्ष ३० को सबिन तामाङ ।
ढ. जिल्ला सिन्धुपाल्चोक लिसङखुपाखर गाँउपालिका वडा नं. १ घर भई हाल भक्तपुर वंशगोपाल बस्ने बर्ष ६० को बिर ब. तामाङ ।
ज्ञण्. जिल्ला ललितपुर चाँपागाउ नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ४० को मदन लामा ।