सूर्यविनायकमा लडेर एकजनाको मृत्यु
कार्तिक १९, २०८०, आइतबार | विहान ०६:०७ बजे | 45
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ नयाँबस्ती स्थितमा सोही स्थानमा बस्ने वर्ष ८० की जसोदा थापा आफ्नै २ तल्ले पक्की घरको पहिलो तल्लाको भ¥याङबाट अचानक लडी मृत्यु भएको छन् । लडेपछि गम्भिर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।