कौशलटारको मानब आश्रममा एकजनाको मृत्यु


कार्तिक १९, २०८०, आइतबार | विहान ०५:४७ बजे | 15


कौशलटारको मानब आश्रममा एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ३ कौशलटारमा रहेको मानब सेवा आश्रममा बस्ने बर्ष ७० को मंगल तामाङ सोही आश्रमको भित्र ग्राउण्डमा हिडिरहेको अबस्थामा एक्कासी लडी मृत्यु भएको छ । लछेपछि घाइते भई मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ । 

Comments