कमलविनायक भत्केपाटीमा घरको छतको भर्याङबाट खसेर मृत्यु
कार्तिक १५, २०८०, बुधबार | विहान ०९:५४ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० भत्केपाटीमा सोही स्थान वस्ने वर्ष ६६ की रत्नमाया दुवाल आफ्नै साढे २ तल्ले पक्की घरको छतको भर्याङबाट ओर्लने क्रममा अचानक लड्न जाँदा मृत्यु भएको छ । लडेपछि घाइते भई उपचारको लागि निजको छोराले ख्वप अस्पताल च्यामासिंह लगे पश्चात थप उपचारको लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ ।